काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका नेता भिम रावलले सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएर पद जोगाएपछि बधाई दिएका छन् ।
सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गरेको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टजी बधाई दिएका हुन् ।
यस्तै उनले विधि, विधान र पद्धति मिच्नेहरूले उमुख्यमन्त्री त्रिलोचन भट्टबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ? भनेर नेकपाको ओली समूहलाई कटाक्ष गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?
— Dr. Bhim Rawal (@BhimRawal179) June 8, 2021