७ जेष्ठ २०८१, सोमबार

प्रचण्डको स्पष्टीकरण : ओलीको भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ

ओलीको अभिव्यक्तिप्रति प्रचण्डको आपत्ति


प्रचण्ड फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कारण नेकपाको एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको स्पष्टीकरण दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले ओलीको त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु भनेर प्रचण्डले कडा आपत्ति प्रकट गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो आइतबार राति एक विज्ञप्ति जारी गदै आफूले नेकपा एकताका लागि प्रयास गरे पनि माओवादी अध्यक्ष प्रचण्डका कारण एकता हुन नसकेको आरोप लगाएका थिए।

प्रचण्डले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !