![प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Chief-Minister-Sherdhan-Rai1244.jpg.jpg?fit=1297%2C551&ssl=1)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी अलग-अलग भएको र सरकारबाट बाहिर भएको लामो समयपछि माओवादीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई दिएको समर्थन फिर्ता लिएको हो ।
समर्थन फिर्ता लिइएको जानकारी माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश सभा सचिवालयलाई दिएका छन् । यद्यपि माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि प्रदेश १ मा एमालेको एकल बहुमत भएकोले मुख्यमन्त्री राईलाई तत्कालको लागि कुनै असर पर्ने देखिंदैन ।
तर एमालेभित्रै झलनाथ खनाल-माधव नेपाल समूहको समर्थन नगर्दा मुख्यमन्त्री राई अप्ठ्यारोमा पर्ने सम्भावना पनि देखिएको छ ।