४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रपतिबारे एमालेमा छलफल


२२ फागुन, काठमाण्डौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उम्मेदवार तय गर्ने विषयमा शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् । मंगलवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिको उम्मेदवारका बारेमा छलफल भएको हो ।

कसलाई उठाउने भन्ने बारेमा व्यक्ति तोकेर प्रधानमन्त्रीले प्रस्ताव नल्याए पनि समग्र बिषयमा छलफल भएको एक नेताले बताए । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतका नेता सहभागी थिए ।

खनालले एउटै व्यक्तिलाई सेरेमोनियल पदमा दोहोर्याउन नहुने भन्दै आफू राष्ट्रपति उम्मेदवारको आकांक्षी रहेको बताएका थिए । वामदेव गौतमले पनि एउटै व्यक्ति दोहोर्याउनु भन्दा पनि नेताको व्यवस्थापन गर्न उपयुक्त हुने राय दिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !