१२ असार २०८१, बुधबार

चौतर्फी चर्को आलोचना भएपछि डराए राजेन्द्र महतो : विज्ञप्ति निकालेर सच्याए आफ्नो अभिव्यक्ति


राजेन्द्र महतो

काठमाडौँ । चौतर्फी चर्को आलोचना भएपछि उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् ।

हिजो शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् ।

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल निकट अनेरास्ववियुका विद्यार्थीले राजधानीमा प्रदर्शन गर्दै उपप्रधानमन्त्री एवं शहरी सहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला दहन गरेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका महतोले नेपाल ‘बहुराष्ट्रिय र बहुराज्य’ मुलुक भएको विवादास्पद अभिव्यक्ति दिएपछि खनाल-नेपाल निकट विद्यार्थीले नयाँ बानेश्वरमा आज शनिबार साँझ ६ बजेतिर पुतला दहन गरेका थिए ।

यो विषय पार्टीको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उनले बताएका छन् । यसअघि महतोले शुक्रबार शपथ लगत्तै महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए । सोही कुरा उनले पदभार ग्रहणका क्रममा पनि बताएका थिए ।

मुलुकलाई टुक्राउने अभिव्यक्ति दिएको भन्दा महतोको पुरै देश तथा बिदेशमा रहेका नेपालीले सामाजिक संजालमा चर्को आलोचना गरिरहेका छन् । नेपाल बहुल राज्य हुनुपर्ने महतोको धारणाको विरोध भइरहेको हो ।

चौतर्फी चर्को आलोचना भएपछि डराए राजेन्द्र महतो : विज्ञप्ति निकालेर सच्याए आफ्नो अभिव्यक्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !