७ मंसिर २०८१, शुक्रबार

मन्त्री पद्मा अर्याल पदमुक्त भएपछि भावुक हुँदै लेखिन् यस्तो स्टाटस


पद्माकुमारी अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल पदमुक्त भएकी छन्। शुक्रबार बेलका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि आर्याल पदमुक्त भएकी हुन्।

अर्यालले पदमुक्त भएपछि भावुक हुँदै पद अस्थायी भएको र आफूले जिम्मेवारी प्राप्त गर्दा बफादारीपूर्वक समर्पित हुनु महत्वपूर्ण हुने बताएकी छन् ।

“आदरणीय मतदाता एवं सम्पूर्ण महानुभावहरुले म प्रति गर्नुभएको विश्वास र भरोसालाइ पूरा गर्न मैले मन देखि बाचा गरेकी थिए । देश र जनताकाे नाममा खाएकाे कसम व्यवहारबाटै प्रमाणित गर्ने मेराे अभिलाषा थियाे । पार्टीकाे चुनावी घाेषणापत्रलाई कार्यान्वयन गर्ने सङ्कल्प गरेकी थिए ।”, अर्यालले भनेकी छन्, “यी ३ वर्षमा ३ वटा मन्त्रालय सम्हाल्ने अवसर पाए । देश र जनतालाई ईमान्दार र निष्ठापूर्वक सेवा गर्ने मेरा रहर र मूल्य दुबै हुन् । साेही मूल्यमा कुनै निजी स्वार्थ र अनुचित लाभमा नलाग्ने प्रणका साथ काम गरें । मलाई माया गर्नुहुने, सद्भभाव राख्नुहुने शुभचिन्तकहरुकै कारण केही युगीन महत्वका ऐतिहासिक कार्य गर्ने उत्प्रेरणा मिलेकाे हाे ।”

अर्यालले सामाजिक संजालमा लेखेकी छन्, “हार्दिक धन्यवाद तथा आभार
पद अस्थायी हाे तर, आफूले जिम्मेवारी प्राप्त गर्दा बफादारीपूर्वक समर्पित हुनु महत्वपूर्ण हुन्छ ।
आदरणीय मतदाता एवं सम्पूर्ण महानुभावहरुले म प्रति गर्नुभएको विश्वास र भरोसालाइ पूरा गर्न मैले मन देखि बाचा गरेकी थिए । देश र जनताकाे नाममा खाएकाे कसम व्यवहारबाटै प्रमाणित गर्ने मेराे अभिलाषा थियाे । पार्टीकाे चुनावी घाेषणापत्रलाई कार्यान्वयन गर्ने सङ्कल्प गरेकी थिए ।
यी ३ वर्षमा ३ वटा मन्त्रालय सम्हाल्ने अवसर पाए । देश र जनतालाई ईमान्दार र निष्ठापूर्वक सेवा गर्ने मेरा रहर र मूल्य दुबै हुन् । साेही मूल्यमा कुनै निजी स्वार्थ र अनुचित लाभमा नलाग्ने प्रणका साथ काम गरें । मलाई माया गर्नुहुने, सद्भभाव राख्नुहुने शुभचिन्तकहरुकै कारण केही युगीन महत्वका ऐतिहासिक कार्य गर्ने उत्प्रेरणा मिलेकाे हाे ।
राष्टकाे सेवा गर्ने मौका प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री एवं श्रद्धेय पार्टी अध्यक्ष के.पी. शर्मा ओलीज्यू सहित आदरणीय नेताहरू, सिङ्गाे पार्टी पङ्ति र मतदाताप्रति कृतज्ञता ब्यक्त गर्दछु । कामकाे सिलसिलामा सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई दिनु भएको प्रेरणा र हौसलाको म मुक्त कण्ठले प्रशंसा गर्छु ।
मलाई साथ दिनुहुने पार्टी नेता, कार्यकर्ता, बौद्धिक ब्यक्तित्व, विज्ञ, सचिवालयमा रहेर अहाेरात्र खट्नुहुने साथीहरु, मन्त्रालयका कर्मचारीहरू, नागरिकलाई सञ्‍चारमाध्यमममार्फत सू‍-सुचित गरिदिनुहुने सञ्चारकर्मी मित्रहरु, सम्पूर्ण शुभचिन्तक महानुभावहरु तथा निष्ठापूर्वक काम गर्न वातावरण तयार गरिदिने मेरा परिवारका सदस्यहरूप्रति हृदयको गहिराई देखि नै आभार व्यक्त गर्दछु ।
आगामी दिनमा पनि मेरो सक्रियतामा कुनै कमी रहने छैन र सम्पूर्ण समय जनताकै लागि समर्पित हुनेछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !