१८ बैशाख २०८१, मंगलबार

सांसद पदमुक्त भएका थापाले कारवाही फिर्ताको माग गर्दै सर्वोच्चमा दिए रिट


कृष्ण थापा

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले कारवाही फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेर पार्टीले हटाएपछि अन्तरिम आदेशबाट पुनर्वहालीको माग गर्दै थापा सर्वोच्च अदालतमा पुगेका हुन् । उनको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका स्रोतले बताएको छ ।

जनमोर्चाले बिहीबार उनलाई सांसदबाट हटाउन प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीलाई पत्र पठाएपछि उनलाई सांसदबाट हटाइएको पार्टीको पत्र सभामुखले पढेर सुनाएका थिए । थापालाई पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको भन्दै पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको थियो ।

शुक्रबार सांसद थापाको तर्फबाट सर्वाेच्च अदालतमा वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, लगायतका कानुन व्यवसायीले रिट दर्ता गराएका हुन् । रिटमा सांसद पद खारेजी गैरकानुनी तवरबाट भएको भन्दै खारेजीको माग गरिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !