५ जेष्ठ २०८१, शनिबार

एमालेको स्थायी कमिटी बैठक बस्दै, नेपाल समूहका नेतालाई कारबाही हुनसक्ने


स्थायी कमिटीको बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको बहुप्रतिक्षित स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ४ बजे बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीको आन्तरिक विषयमा गहनतम छलफल हुने जानकारी दिए ।

आज बस्ने भनिएको बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

एमालेभित्र बढ्दो टकरावबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र आगामी योजना निर्माणकाबारे छलफल गर्न कोरोना महामारीका कारण भर्चुअल माध्यमवाट आज बिहीबार बिहान ११ बजेदेखि बैठक जारी रहेको छ ।

खनाल-नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता संकटमा परेको निष्कर्ष निकालेकै बेला बोलाइएको केन्द्रीय समिति बैठकलाई चासोपूर्वक हेरिएको छ । एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ ।

नेकपा एमालेले पार्टीका माधव नेपाल-झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ । एमाले पार्टी कार्यालय सचिव तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिएका हुन् ।

एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । ओलीले माधव नेपाल र झलनाख खनालसहितका सांसदलाई स्पष्टीकरण मागेको भएपनि उनीहरुले स्पष्टीकरण नबुझाउने अडान लिएका छन् ।

यसअघिको बैठकले माधव नेपाल पक्षका १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुनसक्ने बताइएको छ । यसरी पार्टीको निर्देशन अवज्ञा गर्ने नेताहरुलाई कस्तो कारबाही गर्ने भन्ने बारेमा पनि छलफल हुनसक्ने सम्भावना रहेको छ ।

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् । उनीहरुले हालसम्म स्पष्टीकरणको जवाफ दिइसकेका छैनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि नेपाल-खनालसहित ११ जनालाई ओलीले पार्टीबाट निष्कासित गरेका थिए । पार्टीभित्र विवाद चर्किदै गएपछि नेपाल पक्षले भने बेग्लै पार्टी खोल्ने तयारी गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !