१४ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री ओली र महन्थ ठाकुरलाई धनराज गुरुङले गरे यतिसम्मको गाली


धनराज गुरुङ् फाइल फोटो

काठमाडौँ ।  नेपाली कांग्रेस नेता धनराज गुरुङले गिट्टी ढुंगा बेचेर ऋण तिर्ने नाममा मधेशलाई मरुभूमि बनाउने हो सरकार ? भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा सहभागी गराउने भएपछि गुरुङले यस्तो बताएका हुन्।

गुरुङले सत्ताकै लागि नागरिकता विधेयक सौदबाजी गरेको र अब देशलाई मरुभूमि बनाएर बिदेशी प्रभुलाई गिट्टी ढुंगा ? प्रश्न गरेका छन्। उनले लेखेका छन्, “गिट्टी ढुंगा बेचेर ऋण तिर्ने नाममा मधेशलाई मरुभूमि बनाउने हो सरकार? सत्ताकै लागि नागरिकता विधेयक सौदबाजी गर्‍यौ। अब देशलाई मरुभूमि बनाएर बिदेशी प्रभुलाई गिट्टी ढुंगा? यो गिट्टी ढुंगा हैन,यो नेपाल आमाको मासुको चोक्टा हो। नेपाल आमाको मासुको चोक्टा बेच्न नदिअौं। सबैले खवरदारी गरौं।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !