८ जेष्ठ २०८१, मंगलबार

क्षमताले भ्याएसम्म मुलुकलाई योगदान दिन्छु : सांसद सिलवाल


Nabaraj-silwal-Dig

२० फागुनल, काठमाण्डौ । ललितपुर १ वाट निर्वाचित नेकपा एमालेका सांसद नवराज सिलवालले आइतबार शपथ ग्रहण गरेका छन् । प्रहरीको खोजी सूचीमा रहेका सिलवालले शपथ लिने-नलिने भन्नेबारे चासो रहेका बेला उनले शपथ लिएका हुन् ।

शपथ ग्रहणपछि सिलवालले मुलुकको समृद्धिको सपना पुरा गर्न आफ्नो तर्फवाट काम गर्ने प्रतिक्रिया दिए । ‘समृद्धिको जुन नयाँ अभियानमा मुलुक अगाडी बढेको छ । मुलुकले स्थायी सरकार पाएको छ’, सिलवालले भने, ‘मुलुकको समृद्धिको मुद्दा, मिसनमा आफ्नो क्षमता, अनुभव, ज्ञानले भ्याएसम्म म योगदान गर्नेछु ।’

लामो समयपछि मुलुकले स्थायी सरकार पाएकाले अब कसैले कसैप्रति पूर्वाग्रही हुनु नपर्ने सिलवालको भनाइ थियो । उनले भने, ‘सपथग्रहण गरेर म व्यक्तिवाट संस्था भएको छु ।
संस्थाका हिसाबले व्यक्तिगत स्वार्थ र राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर मूलुक र जनताका लागि काम गर्नेछु ।’ सांसद सिलवालले अदालतमा आफ्नो विषयमा चलिरहेको मुद्दाका विषयमा भने प्रतिक्रिया दिन चाहेनन् । यो थाहा खबरवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !