७ असार २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ जारी


संवैधानिक इजलास

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा जारी रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ जारी रहेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश र प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजलासममा आफूसहित ४ जना न्यायाधीशहरू तोकेका छन् ।

संवैधानिक इजलासममा प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ तोकेका छन् ।

कोरोना महामारीका कारण स्वास्थ्य सतर्कतासहित जारी रहेको सुनुवाईमा अहिले रिटहरू पढेपछि बहस जारी भएको छ । शुरुमा इजलासले अधिवक्ता सन्तोष भण्डारीलाई बहसको लागि १० मिनेट समय दिएको थियो । सर्वोच्च अदालतमा परिसरमा सुनुवाइ सुन्न कानुन व्यवसायीहरू जम्मा भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !