काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रायःजसो चोर, डाँकाले चोरी, डकैती रातमा गर्ने बताएका छन्। गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयलाई लिएर यस्तो बताएका हुन् ।
ओलीले मध्यरातमा संसा विघटनको लागि सिपारिस गरेपछि राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । उक्त विषयलाई लिएर गुरुङले ओलीलाई चोर, डाँकाको संज्ञा दिएका छन्।
उनले सामाजिक संजालमा लेखेका छन्, “प्रायःजसो चोर, डाँकाले चोरी, डकैती रातमा गर्छन्।कतै मेरो संबिधान र लोकतन्त्र पनि चोरी, डकैतीमा नपरोस्।पशुपतिनाथसँग प्रार्थना गर्छु।”
प्रायःजसो चोर, डाँकाले चोरी, डकैती रातमा गर्छन्।
कतै मेरो संबिधान र लोकतन्त्र पनि चोरी, डकैतीमा नपरोस्।
पशुपतिनाथसँग प्रार्थना गर्छु।— Dhan Raj Gurung (@dhanrgrg) May 27, 2021