१५ आश्विन २०८१, मंगलबार

देउवाले गरे पौडेलसमक्ष नयाँ प्रस्ताव, दलको नेता आफू बनेर उपनेता पौडेल पक्षलाई दिने


Sher Bahadur Deuwa

फागुन १९, काठमाण्डौ । संसदीय दलको नेताको चुनाव नजिकिदै गर्दा नेपाली कांग्रेसभित्र विभिन्न खाले प्रयासहरु भइरहेका छन् । सभापति शेरबहादुर देउवालाई दलको नेताको दौडवाट बाहिरिएर अरुलाई मौका दिन दबाब भइरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष देउवाले नयाँ प्रस्ताव लागेका छन् ।

कांग्रेसका एक शीर्ष नेताले ऋषि धमलालाई दिएको जानकारी अनुसार देउवाले आफूलाई सर्वसम्मत रुपमा दलको नेता बनाउन आग्रह गर्दै पौडेल पक्षकालाई उपनेता बनाउने प्रस्ताव पठाएका हुन् ।

देउवाले आफू निकट नेता गोपालमान श्रेष्ठलाई प्रस्ताव लिएर पोडेलकहाँ पठाएको ति नेताले धमलालाई जानकारी दिए ।

देउवाले आगामी दिनमा पार्टीलाई बलियो र एकतावद्ध बनाउन आफू प्रतिवद्ध रहेको सन्देशसहित उपनेता पौडलले भनेकै सासंदलाई बनाउने गरी आफूलाई दलको नेतामा सहयोग गर्न आग्रह गरेका हुन् ।

सभापति देउवाले सासंदहरुबाट नै बनाईने मुख्य सचेतक, सचेतक लगायतका पदहरुमा पनि पौडेलसँग सहकार्य गर्ने प्रस्तावमा उल्लेख गरेका छन् ।

प्रस्ताव हेरेपछि पौडेलले छलफल गरेर निर्णय गर्ने जवाफ श्रेष्ठलाई दिएको ति नेताले बताए ।

भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधीसभाको चुनावमा कांग्रेसले लज्जास्पद हार बेहोरेपछि नेतृत्व परिवर्तनको आवाज उठाउँदै देउवालाई दबाब दिइरहेका बेला देउवाले पार्टीभित्रका प्रमुख प्रतिस्पर्धी पौडेललाई फकाउने प्रयास गरेका हुन् ।

कांग्रेसका अधिकांश नेताहरुले संसदीय दलको नेतामा देउवा अघि सर्न नहुने बताउँदै आएपछि देउवा दबाबमा परेका छन् ।-रिपोर्टर्स नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !