६ जेष्ठ २०८१, आइतबार

सात मन्त्रालय लिएर ओली सरकारमा जान जसपाको ठाकुर पक्ष तयार


केपी ओली र महन्त ठाकुर फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ । जसपाको उक्त पक्षका एक नेताका अनुसार रिक्त रहेका सात मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहेका छन् ।

आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष ठाकुर पक्षभित्र रहेको छ । अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाएकोले सरकारमा जानुपर्ने निश्कर्षमा अध्यक्ष ठाकुर र नेता महतो छन् ।

प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आग्रह गरिरहे पनि वातावरण बल्ल बनेको जसपाको ठाकुर पक्षको ठम्म्याई रहेको छ । जसपाको उक्त पक्षले राखेका माग ओली सरकारबाट पूरा भइरहेकाले सरकारमा सहभागिता जनाउने विषयमा छलफल केन्द्रित भएको छ ।

ओलीले अहिले कायम रहेका मन्त्री नहटाइकन यसअघिदेखि नै रिक्त मन्त्रालय जसपालाई दिने गरी सरकारमा आउन भनेका छन् । नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखेका छन् ।

प्रधानमन्त्री ओलीले पनि खालि रहेका ७ मन्त्रालयमा मन्त्रीको नाम पठाउन भनेकोले यसबारे छलफल गरेर निर्णय गरी केहि दिनभित्र जसपा ओली सरकारमा जाने प्रवल सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !