१८ बैशाख २०८१, मंगलबार

बुढानिलकण्ठमा कांग्रेसको आकस्मिक पदाधिकारी बैठक


नेपाली काँग्रेस बैठक फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलेको आकस्मिक पदाधिकारी बैठक शुरु हुदैछ । अहिले भर्खरै बिहान साढे ९ बजेदेखि कांग्रेस सभापति देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी एवं पूर्वपदाधिकारीहरुलाई बैठक शुरु हुने भएको हो ।

मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि भा विघटन गरेपछि कांग्रेसले छलफलमा गर्न बैठक बोलाएको हो ।

हिजो शुक्रबार मात्रै कांग्रेस सभापति देउवाले माओवादी, जसपा र एमाले माधव नेपाल पक्षका १४९ सांसदको हस्ताक्षरसहित समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेतापनि देउवाको दाबीलाई राष्ट्रपति भण्डारीले लत्याउँदै संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि कांग्रेस नेताहरु थप आक्रोशित भएका छन् ।

आज बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !