११ मंसिर २०८१, मंगलबार

एमाले बैठकको निर्णय : पार्टीको निर्देशनविरुद्ध मतदान र अवज्ञा गर्ने प्रवृत्ति भर्त्सनायोग्य


नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टी निर्देशनविपरीत मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्ति भर्त्सनायोग्य भएको बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिँदै कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको स्पष्ट पारेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

बैठकमा माधव नेपाल समूहको उद्देश्य एमालेमा रहने खालको नदेखिएकोले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत गम्भीर छलफल भएको एमाले स्रोतले जनाएको छ ।
एमाले बैठकको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !