६ बैशाख २०८१, बिहिबार

ओलीको प्रिय पात्र बन्दै गृहमन्त्री बादल, नेपाल समूहलाई भने तगारो


केपी शर्मा ओली, रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज १ बजे भेटवार्ता हुने भएको छ । ओली र नेपाल कार्यदल गठनको लागि आज भेट्ने भएका हुन् ।

आजको भेटवार्तामा कार्यदलका सदस्यहरुको नाम टुँगो लाग्नेछ । स्रोतका अनुसार उक्त बैठकमा रामबहादुर थापा बादललाई समेत सहभागी गराउने भएको छ। नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ गते फर्काउनुपर्ने अडान लिइरहेको बेलामा बादलको सहभागिता हुँदा पार्टीलाई पछि फर्काउन ओली सहमत नहुने देखिएको नेपाल पक्षधर नेताहरुको आशंका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !