८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, सबै पुरानै मन्त्रीहरु दोहोरिए


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीवाट सपथ लिएलगत्तै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपालको संविधान २०७२ को धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले देश र जनताका नाममा सपथ लिएका छन् ।

यस अघि ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सबै मन्त्री दोहोरिएको हुन् । आज बिहीबार मात्रै प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज शुत्रबार पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

यसअघि नयाँ मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि जसपाको महन्थ ठाकुर पक्ष र नेकपा एमालेको माधव नेपाल समूह सरकारमा तत्काल नआउने भएपछि पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिएका हुन् । ओलीले सांसद नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्रीको सपथ खुवाएका छन् ।

भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाईहिजो राती प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । विपक्षीले बहुमतको सरकार बनाउन नसकेपछि ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हिसाबले प्रधानमन्त्री बनेका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधि लगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !