१३ बैशाख २०८१, बिहिबार

पार्टी एकता सबैको चाहना हो, यसलाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौ : योगेश भट्टराई


योगेश भट्टराई

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेको नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी एकता सबैको चाहना भएकोले एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरी धैर्य रहन पार्टीका सवै नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै भट्टराईले आज अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालका वीचमा भएको वार्ताले परिस्थितिले सकारात्मक दिशा दिएको बताएका छन् ।

उनले आजको थालनीलाई तार्किक निष्कर्षमा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द हुन आह्वान गरेका छन् ।

उनले लेखेका छन्, ‘पार्टी एकता सबैको चाहना हो । आज अध्यक्ष कमरेड केपी ओली र बरिस्ठ नेता कमरेड माधवकुमार नेपालका बिचमा भएको वार्ताले परिस्थितीलाई सकारात्मक दिशा दिएको छ । आजको थालनीलाई तार्किक निश्कर्समा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौ । एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौ । धैर्य गरौ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !