७ बैशाख २०८१, शुक्रबार

ओली र नेपाल मिल्ने देखेपछि आत्तिए देउवा र प्रचण्ड : बूढानीलकण्ठमा वार्ता जारी


प्रचण्ड र देउवा

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका बरिष्ठ माधव नेपाल मिल्ने देखेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आत्तिएका छन् ।

देउवा र प्रचण्डबीच बूढानीलकण्ठमा वार्ता जारी रहेको छ । यता ओली र नेता नेपालवीच बूढानीलकण्ठ, चपली हाइटस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा वार्ता जारी रहेको छ । ओली र नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।

नयाँ सरकार गठनको लागि बिपक्षी दलहरुले जोडबल गरिरहेका छन् भने भने नेकपाको ओली समूह नयाँ सरकार बनाउन लागेका दलहरुको प्रयास असफल बनाउन खोजिरहेको छ । यसबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको बाक्लिएको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा देउवा र प्रचण्डवीच भेटवार्ता जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !