![गोकुल बास्कोटा र माधव नेपाल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Gokul-Baskota-and-Madhav-Nepal-1.jpg?fit=1298%2C546&ssl=1)
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधवकुमार नेपाल समूहलाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका रहेको बताएका छन्। बास्कोटाले नेपाल समूहलाई कुखुराको संज्ञासमेत दिएका छन्।
बास्कोटाले सामाजिक संजालमा एक स्टाटस लेख्दै कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएको आरोप लगाएका छन्। उनले लेखेका छन्, “कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त।के जित्यौ? हेक्का राखे हुन्छ त्यस्ताले,माछाले हज्जारौ फुल चुपचाप पार्छ।माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ।कार्वाहीको हतारो किन गर्नु र?चीज आफै किल्लोर हुँदै गईहाल्छ नि भन्या!”