४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री ओली पदमुक्त लगत्तै मन्त्रिपरिषद् बैठक सुरु


मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएपछि ओली पदमुक्त भएका छन्। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।

एमालेका बाँकी ९३ सांसदले भने ओलीलाई विश्वासको मत दिएका छन् । पदमुक्त भए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !