१४ बैशाख २०८१, शुक्रबार

अन्तत: प्रधानमन्त्री ओली पदमुक्त : संसदवाट पाएनन् विश्वासको मत


केपी शर्मा ओली

काठमाडौं । अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएर पदमुक्त भएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री पदमुक्त भएका हुन् ।

संविधानको प्रावधान अनुसार प्रतिनिधिसभामा बहुमत गुमाएर पदमुक्त भएसंगै अब नयाँ सरकार गठन नहुँदासम्म प्रधानमन्त्री ओली नेतृत्वको ओलीको सरकार काम चलाउ भएको छ । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरे ।

आजको विशेष बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए । विश्वासको मत प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षका १२४ सांसदहरुले मत परेको छ । १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत नदिई मत दिन्न भन्ने पक्षमा तटस्थता देखाएका छन् ।

प्रधानमन्त्री ओलीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक पर्दथ्यो । प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१ जना, नेकपा (माओवादी केन्द्र) का ४८ जना, नेपाली कांग्रेसका ६१ जना, जनता समाजवादी पार्टीका ३२ जना तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ तथा स्वतन्त्र १ जना सांसद रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !