६ मंसिर २०८१, बिहीबार

अन्तत: गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत


पृथ्वीसुब्बा गुरुङ फाइल फोटो

पोखरा । अन्तत: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । लामो रस्साकस्सीपछि उनले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

यसअघि अविश्वास प्रस्तावमा वैशाख १५ गते मतदान हुने कार्यसूची भएतापनि संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !