काठमाडौं । वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड-१९ अस्पताल बनाइने भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रपिरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड-१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । आज बसेको मन्त्रिपरिषद् बैठक कोभिड-१९ नियन्त्रणकै विषयमा केन्द्रित रहेको एक मन्त्रीले जानकारी दिए ।