८ बैशाख २०८१, शनिबार

देउवालाई भेटेपछि माधव नेपाल किन सिधै हानिए राष्ट्रपतिलाई भेट्न शितल निवास ?

राष्ट्रपति भेट्न माधव नेपाल शीतल निवासमा


राष्ट्रपति कार्यालय शीतलनिवास

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

आज साँझ देउवा निवास बुढानिलकण्ठमा करीव १ घण्टा छलफल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् ।

नेपाल समूहले आफ्ना सांसदको सामुहिक राजीनामा दिने तयारी गरिरहेको बेला नेपाल राष्ट्रपति भेट्न शितल निवास पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

एमाले मिलाउनका लागि ओलीलाई दबाब सिर्जना गर्न नेपाल राष्ट्रपति भवन गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री ओलीको पछिल्लो रणनीति असफल बनाउन नेपाल र देउवाबीच छलफल भएको बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍को विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !