७ मंसिर २०८१, शुक्रबार

उपेन्द्र यादव पनि सरकारमा जाने


upendra

१४ फागुन, काठमाण्डौ । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको वार्तापछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा जान सहमत भएका छन् ।

सरकारमा जाने सहमतिबारे साथीहरूसँग छलफल गरेर फर्किने भन्दै केहीबेरअघि यादव बालुवाटारवाट निस्किएको बालुवाटार स्रोतले बतायो ।

फोरम सरकारमा सहभागी हुन दुई मन्त्रालय पाउनु पर्ने माग राखेको छ तर मन्त्रालयको टुङ्गो लागि नसकेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उपेन्द्र यादव आफैं परराष्ट्रमन्त्रीको रूपमा सरकारमा सहभागी हुने लगभग सहमति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !