१२ आश्विन २०८१, शनिबार

प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि


सङ्घीय संसद फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यसैगरी संसद सचिवालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

हिजो बुधवार गरिएको पीसीआर परीक्षणको नतिजा आज बिहीबार आउँदा ४ जना संसद बाहेक परीक्षण गरिएका अन्य सवैको रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जानकारी दिएको छ ।

बुधबार १२८ जना सांसदको स्वाब संकलन गरिएकोमा कोरोना संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।

यसअघि नै कतिपय सांसहरु र मन्त्रीहरु कोरोना संक्रमित भएर अस्पताल उपचारत र आइसोलेसनमा रहेका छन् । हिजो प्रतिनिधिसभाका सभामुखसहित १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिनको लागि वैशाख २७ गते प्रतिनिधिसभाको विशेष बैठक बस्ने भएपछि सोको लागि सांसदको कोरोना परीक्षण गरिएको हो । अन्य धेरैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !