१ मंसिर २०८१, शनिबार

विनालाई मन्त्री बनाउने माओवादीको निर्णय


binamagar

१४ फागुन काठमाण्डौ । माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ ।

चुनावको मुखैमा पति बियोगमा परेकी विना कञ्चनपुर ३ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनी पार्टी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् । उनलाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले नै निर्णय गरेको थियो । उनको प्रस्ताव प्रदेश इन्चार्ज लेखराज भट्टलेनै गरेका हुन् ।

स्रोतका अनुसार विना मन्त्री बन्ने पक्का छ । केही नेताले राज्यमन्त्री मात्र बनाउने प्रस्ताव गरेका थिए तर, उनी मन्त्री नै बन्ने लगभग पक्का भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !