६ जेष्ठ २०८१, आइतबार

आज मन्त्रिपरिषद् विस्तार, प्रचण्डले मन्त्रीको नाम बुझाए


कुन पार्टीहरुले कुन-कुन मन्त्रालय पाए ?

१४ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेका बेला ओलीले एमाले–माओवादीलाई समेटेर विस्तारको तयारी गरेका हुन् ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमाले र माओवादीकालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान प्रधानमन्त्री अोलीलार्इ मन्त्रीको नाम बुझाएका छन् । स्रोतका अनुसार, बादललाई गृहमन्त्री बनाउन सिफारिस गर्दै बुझाइएको मन्त्रीको सूचीमा अरु क–कसको नाम छ भन्ने गोप्य राखिएको छ ।

माओवादीले टुंगो लगाए पनि एमालेले भने अझै छिनोफानो गर्न सकेको छैन । एमालेका नेताहरु अहिले मन्त्री छनोटका लागि छलफलमा व्यस्त छन् । संयुक्त बैठकले मन्त्रीको नाम  टुंगो लगाउने र त्यसपछि दिउँसो ३ बजे मन्त्रीहरुले शपथ लिने एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !