१३ आश्विन २०८१, आइतबार

सर्वोच्च अदालतले कान्तिपुरलाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन आदेश


सर्वोच्च अदालत

१३ फागुन, काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपलाई सर्वोच्च अदालतले तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।

कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाई गर्दै आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिक सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र पत्रकार कृष्ण ज्ञवालीलाई ३ दिन भित्र बयानका लागि आफै उपस्थित हुन आदेश दिएको हो ।

कान्तिपुरले आचारसंहिता पालना गरे नगरेको छानविन गर्न प्रेसकाउन्सिलका नाममा अन्तरिम आदेश जारी गरेको छ । पराजुलीका ४ जन्ममिति, नागरिकतामै ३ वटा जन्ममिति लगायतका शीर्षकमा समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध तोयानाथ ढुंगानाले अदालतको अवहेलना मुद्दा हालेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !