बुटवल । लुम्बिनी प्रदेशको जनता समाजवादी पार्टी (जसपा) का पदमुक्त भएका २ जना सांसदहरू सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पुनः मन्त्री भएका छन् ।
५ दिनअघि मात्र लुम्बिनी प्रदेशसभाले सूचना प्रकाशित गरी सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे गरी ४ जना पदमुक्त गरेको जनाएको थियो ।
लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनर्नियुक्ति भएको हो । हिजो आइतबार मात्र पुनःनियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई पुन: मन्त्री बनाएका हुन् ।
हिजो मात्र लुम्बिनी प्रदेशको जसपाका पदमुक्त भएका २ जना सांसदहरू सन्ताेष पाण्डे र बिजय कुमार यादव पुनः मन्त्री भएका थिए । मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डेलाई यसअघि नै सम्हाल्दै आएकाे भाैतिक पुर्वाधार बिकास मन्त्रालय र बांकेका विजयकुमार यादवलाई कृषि मन्त्रालयकाे जिम्मेवारी दिएर सपथ गराएका थिए ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपावाट पदमुक्त भएका यी ४ जना प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । उनले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जना र नगरेका १ जना गरी जसपाका ४ जना प्रदेशसभा सदस्यलाई फेरी मन्त्री बनाएका हुन् ।
यसरी पार्टीको निर्देशन विपरीत मन्त्री बनेपछि ६ बैशाख गते सोमबार जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका यी ४ जना सांसदसँग स्पष्टीकरण सोधेका थिए ।
मन्त्री पदवाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएकोले जसपाले प्रदेशसभा सचिवालयमा निलम्बनको लागि सिफारिस गरेपछि लुम्बिनी प्रदेशसभाले कानुनी प्रक्रिया अवलम्बन गर्दै उनीहरुलाई पदमुक्त भएको सूचना जारी गरेको थियो ।