१२ बैशाख २०८१, बुधबार

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीको दाबी


कुलप्रसाद केसी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । ४२ सांसदको हस्ताक्षरसहित केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका ३ जना सांसदले एमाले छोडेका छन् । उनीहरूले आफूहरु पार्टीप्रति तीब्र असन्तुष्टि जनाउँदै आज पार्टी परित्याग गरेका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले पार्टी परित्याग गरेका हुन् ।

एमालेकै सांसद दुर्गानारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजिनामा दिए पनि आफूहरुले राजिनामा नदिएको उनीहरुले बताएका छन् । श्रीवास्तव र शाहीले सूर्य चुनाव चिन्हबाट चुनाव लडेपनि आफूहरु एमाले नभएको भन्दै स्वतन्त्र राजनीतिक हैसियतले धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् ।

आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेका छन् । यस्तै आज बिहान मात्रै एमालेकी सांसद विमला वली पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरिसकेकी छन् ।

हेर्नुहोस् यस्तो छ पत्र
४२ सांसदको हस्ताक्षरसहित माओवादीका केसीको दाबी४२ सांसदको हस्ताक्षरसहित माओवादीका केसीको दाबी४२ सांसदको हस्ताक्षरसहित माओवादीका केसीको दाबी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !