५ जेष्ठ २०८१, शनिबार

प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतद्वारा प्रधानमन्त्री ओलीलाई पत्र


babu

१२ फागुन, काठमाण्डौ । प्रदेश नम्बर २ को सरकारले आफ्नो काममा संघीय सरकारले असहयोग तथा अवरोध गरेको गुनासो गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्रीलाई सहयोगको लागि पत्र लेखेका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रै लेखेर संघीय मन्त्रालय र कर्मचारीको असहयोग भएको गुनासो गरेका हुन् ।

मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा केन्द्र र प्रदेश सरकारवीच समन्वय र सहकार्यमा जोड दिएका छन् । स्थापित हुन लागेको प्रादेशिक संरचनालाई नीतिगत, कार्यगत र स्रोतसाधनमा सहयोग चाहिएको पनि बताएका छन्, तर केेन्द्रीय मन्त्रालय र कर्मचारीवाट प्रदेश सरकारको काममा असहयोग तथा अवरोध भएको राउतको गुनासो छ ।

मुख्यमन्त्रीको पत्रमा भनिएको छ, ‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलता छ, यसबारे म र मेरा मन्त्रिमण्डलका साथीहरु वा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीहरुवाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ ।’

अघि भनिएको छ ‘त्यतिमात्र नभएर समयसमयमा अनावश्यक रुपमा प्रान्तीय सरकारको काममा अवरोध हुने गरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुवाट जारी हुने गरेका छन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !