४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश नम्बर ६ को नाम कर्णाली, राजधानी सुर्खेत


pradesh 6

१२ फागुन, सुर्खेत । प्रदेश ६ को नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम गरिएको छ । शनिबार बसेको प्रदेशसभाको चौथो बैठकले अध्याधिक मतले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो ।

प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ । ४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । एक सांसदले रानीनामा दिएका छन् भने एक सभामुखले मत दिएनन् । प्रदेशको नाम कर्णाली राख्ने राख्ने प्रस्तावको पक्षमा ३७ जनाले मत दिएका छन् ।

प्रदेशको नाम कर्णाली राख्न नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रस्ताव गरेका थिए भने नेपाली कांग्रेसका सचेतक दिनवन्धु श्रेष्ठ, नेकपा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र राप्रपाकी सोशीला शाहीले समर्थन गरेका थिए ।

यस्तै सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी बनाउनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्ताव गरेका थिए । एमाले सांसद अम्मरबहादुर शाही र माओवादी केन्द्रका सांसद नरेश भण्डारीले समर्थन गरेका थिए ।

प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ । ४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । एक सांसदले रानीनामा दिएका छन् भने एक सभामुखले मत दिएनन् । प्रदेशको नाम कर्णाली राख्ने राख्ने प्रस्तावको पक्षमा ३७ जनाले मत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !