१४ पुस २०८१, आइतबार

झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन नेपालको आग्रह


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन आग्रह गरेका छन् । खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् ।

नेता नेपालले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, “हाम्रो पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु साथै उहॅाको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउॅछु ।”

कोरोना संक्रमण भएपछि खनाल नर्भिक अस्पतालमा उपचारत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !