६ जेष्ठ २०८१, आइतबार

नेत्रविक्रम चन्द विप्लवलाई ठुलो झड्का: कृष्णप्रसाद धमलाले फुटाए विप्लव पार्टी


नेत्रविक्रम चन्द

काठमाडाैं। नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ । पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमलाले नेकपा छाड्दै नयाँ पार्टी घोषणा गरेका छन् ।

उनले ‘जन समाजवादी मञ्च, नेपाल’ नामको पार्टी घोषणा गरेका छन् । धमलाल नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको र नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्ने देखेका नयाँ पार्टी स्थापना गरेको बताएका छन्।

५१ सदस्यीय नयाँ पार्टीमा नेकपाका १० पूर्वकेन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरू रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !