८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाका सांसद शाहीलाई अपहरण गरेको बाबुरामको खुलासा


डा. बाबुराम भट्टराई, केपी शर्मा ओली

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद किनबेच र अपहरणमा भूमिका खेलेको आरोप लगाएका छन् । उनले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भई अस्पताल भर्ना भएको घटनातर्फ इंकित गर्दै सांसद किनबेचको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले लेखेका छन्, “सांसद किनबेच/अपहरण/निष्कासन/अस्पताल भर्ना र संसद बिघटन/स्थगन/अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला/पाउला तर अन्तत:लोकतन्त्र/समाजवाद/संघीयता/संविधानले हार्नेछ।अनि देश/राष्ट्रियता/स्वाधीनता/सार्वभौमसत्ताले हार्नेछ।वेलैमा चेतौं;राष्ट्रिय सहमति/एकता कायम गरौं।भोलि धेरै ढिलो हुनेछ!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !