६ जेष्ठ २०८१, आइतबार

ओली र ठाकुरवीच सहमति : १२० नेता कार्यकर्ताका मुद्दा फिर्ता, के भयो रेशम चौधरीको मुद्दा ?


रेशम चौधरी

काठमाडौं । नेपाल सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबाट मुद्दा फिर्ता लिने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्‍चार मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

नेपाल सरकार वादी भइ मुद्दा चलेका व्यक्तिका फौजदारी मुद्दा फिर्ता लिने सन्दर्भमा फौजदारी निर्देशिका बमोजिम १२० जनाका १५ मुद्दामा फिर्ता लिने निर्णय भएको उनले बताए । साथै उनीहरुको नाम वेबसाइटमा राखिने पनि प्रवक्ता गुरुङले जानकारी दिए । उनले यो राजनीतिक निर्णय पनि भएको बताउदै अरू मुद्दा पनि भविष्यमा फिर्ता हुने बताए ।

सरकारले जसपाको महन्थ ठाकुर पक्षसँगको सहमति भएअनुसार मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका यी मुद्दा फिर्ता लिएको छ । अदालतले सजाय तोकिसकेका रेशम चौधरीको हकमा भने सरकारले निर्णय गरेर नहुने भएकाले अदालती प्रक्रियाबाटै टुंगिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !