१३ बैशाख २०८१, बिहिबार

सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन


ईश्वर पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पताललाई जनतामैत्री बनाउन निर्देशन दिएका छन् । काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने चार ठूला सरकारी अस्पतालका प्रमुखसँगको आजको बैठकमा उनले असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले अस्पतालको सेवामा सुधार गरी बिरामीलाई राहत दिन निर्देशन दिए ।

उपप्रधानमन्त्री पोखरेलले बाँसबारीस्थित गङ्गालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका हुन् ।

नेकपा (एमाले) का महासचिवसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले गत निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

छलफलमा काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेशसभा सदस्य दीपक निरौला पनि सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !