५ जेष्ठ २०८१, शनिबार

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि गोकुलले यतिसम्म खिल्ली उढाए नेपाललाई


गोकुल बास्कोटा र माधव नेपाल

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका संसद गोकुल बास्कोटाले सर्वोच्च अदालतले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि खिल्ली उढाएका छन् ।

आज मंगलबार सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले कमरेड नेपाल आधा शताब्दीदेखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङवाला पो लाग्यो भनेर कटाक्ष गरेका छन् ।

साथै उनले कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति भनेर लेख्दै कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही भन्दै कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा भनेर माधव नेपाललाई तीखो व्यंग प्रहार गरेका छन् ।

उनले लेखेका छन्, ‘कमरेड नेपाल आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो।कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति।कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही। कठिन छ,तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा !’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारबाही गरेको उल्लेख गर्दै उनीहरुले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले हिजो स्पष्टीकरण सोधिएको भरमा अन्तरिम आदेश दिन नमिल्ने र दुवै पक्षको छलफलपछि मात्र यो विषयमा निर्णयमा पुग्न उपयुक्त हुने आदेश जारी गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !