काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । यसरी ओलीले आकस्मिक बैठक डाक्नुले नेपाल समूहका सांसदलाई गर्लान त निलम्वन ? भन्ने जस्ता जिज्ञाषा बढेको छ ।
वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको २ दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सुइँको थाहा पाएपछि ओलीले बालुवाटारमा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका हुन् ।
ओलीले नेपाल समूहका केही सांसदलाई निष्कासनको तयारी गरी दशौं महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने बुझिएको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित ४ जना र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ ।
सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको बालुवाटार स्रोतले जनाएको छ । यद्यपि कारवाहीको प्रकृति कस्तो हुन्छ भन्नेबारे थप प्रष्ट पारिएको छैन ।
एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा अध्यक्ष ओलीलाई सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएकोले खनाल-नेपाल समूहका केहि सांसदहरुको पद चट् हुने प्रवल सम्भावना रहेको छ ।
यो पनि पढ्नुहोस्
ओलीले बोलाए एमालेको आकस्मिक बैठक, नेपाल समूहका सांसदलाई गर्लान त निलम्वन ?