काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेश भट्टराईले कमरेड पुष्पलालको नेत्रित्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ बर्ष पुरा भएको बताएका छन्। भट्टराईले एकता र बिभाजनको लामो श्रिङ्खला पार गरेको नेपालको कम्युनिस्ट आन्दोलन नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणको अभिन्न पक्ष बन्न पुगेको बताएका छन्।
यो आन्दोलनले आजसम्म भोगेका कठिन मोडहरु मध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको बताउँदै उनले नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु गम्भीर बनौ र बिवेकसम्मत ढंगले अघि बढ्न आग्रह समेत गरेका छन्।
भट्टराईले कम्युनिस्ट पार्टी स्थापनाको ७२ औ बर्षगाँठका अबसरमा सबैमा हार्दिक शुभकामनासमेत व्यक्त गरेका छन्। संस्थापक नेता कमरेड कमरेडहरु पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोबिन्द बैध्य, नारानविलास जोशी र मोतिदेबी श्रेष्ठ लगायत अग्रज नेताहरु मनमोहन अधिकारी, मदन भण्डारी, तुल्सिलाल आमात्य, निर्मल लामा, बिष्णुबहादुर मानन्धर, सहाना प्रधान, जीवराज आश्रित लगायत सबै नेताहरुप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “कम्युनिस्ट पार्टीको ७२ औ स्थापना दिवस ! सन १९४९ अप्रिल २२ आजकै दिन कमरेड पुष्पलालको नेत्रित्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ बर्ष पुरा भएको छ् । एकता र बिभाजनको लामो श्रिङ्खला पार गरेको नेपालको कम्युनिस्ट आन्दोलन नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणको अभिन्न पक्ष बन्न पुगेको छ । यो आन्दोलनले आजसम्म भोगेका कठिन मोडहरु मध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको छ । नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु गम्भीर बनौ र बिवेकसम्मत ढंगले अघि बढौ ! कम्युनिस्ट पार्टी स्थापनाको ७२ औ बर्षगाँठका अबसरमा सबैमा हार्दिक शुभकामना ! संस्थापक नेता कमरेड कमरेडहरु पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोबिन्द बैध्य, नारानविलास जोशी र मोतिदेबी श्रेष्ठ लगायत अग्रज नेताहरु मनमोहन अधिकारी, मदन भण्डारी, तुल्सिलाल आमात्य, निर्मल लामा, बिष्णुबहादुर मानन्धर, सहाना प्रधान, जीवराज आश्रित लगायत सबै नेताहरुप्रति हार्दिक नमन । आन्दोलनका सबै सहिदहरुमा हार्दिक श्रद्धा सुमन ।”