११ मंसिर २०८१, मंगलबार

यस्ता छन् आज बालुवाटारमा बसेको सर्वदलीय बैठकका ३ वटा निष्कर्षहरु


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकले ३ वटा निष्कर्षहरु निकालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए ।आज बसेको सर्वदलीय बैठकमा कोरोना महामारीले उत्पन्न गरेको समस्याको बारेमा छलफल गर्न विभिन्न दलका शीर्ष नेताहरु तथा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको थियो ।

बालुवाटारमा भएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, नेमकिपाका प्रेम सुवाल, राप्रपाका प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधिको पनि सहभागी भएका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने बैठकको जानकारी नभएको जसपा नेताले बताएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू कोही पनि भएनन् भने एमाले वरिष्ठ नेता माधव नेपाल समूहका नेता पनि सहभागी भएनन् ।

बैठकमा प्रधानमन्त्री ओलीसँगै उनको समूहका नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ लगायतको सहभागिता रहेको थियो । नेपाललाई भने बैठकको निम्तो नै नभएको उनीनिकट स्रोतले बताएको थियो । दाहालले भने बालुवाटारमा सहभागी नहुने भन्दै सिंहदरबारमा बैठक राख्न सुझाएका थिए ।

यस्ता छन् आजकाे सर्वदलीय बैठकका निष्कर्षहरु

१. सभामुखले सरकारकाे प्रस्ताव स्वेच्छाचारी ढंगले राेक्न मिल्दैन। दुई बर्षदेखि सभामुखले एमसीसी राेकेर राख्नुभएको छ । बैशाख ७ गते अगाडि नै कार्यव्यवस्था परामर्श समितिकाे बैठक बसेर प्रस्ताव सदनमा ल्याउन भनिनेछ। निर्णय जे गर्ने हाे, सदनले गर्छ ।
२. स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे उपनिर्वाचन संविधान र कानुनबमाेजिम छिट्टै गर्नुपर्छ ।
३. काेभिड-१९ महामारीको दाेस्राे चरणकाे संक्रमण नियन्त्रण गर्न सरकारले बढी ध्यान दिनुपर्छ ।

यो पनि पढ्नुहोस्

सर्वदलीय बैठकमा एमसीसीवारे चासो : संसदबाट चाँडो पास गर्न कांग्रेसको सुझाव

सर्वदलीय बैठकमा सभामुखप्रति प्रधानमन्त्री आक्रोशित : एमसिसी अगाडि बढाउन नदिएको लगाए आरोप

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, ‘सभामुखले अराजक र अनैतिक ढंगले असहयोग गरे’

सर्वदलीय बैठकमा सभामुखमाथि खनिए प्रधानमन्त्री : संसदलाई बन्धक बनाएको लगाए आरोप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !