७ बैशाख २०८१, शुक्रबार

सर्वदलीय बैठकमा एमसीसीवारे चासो : संसदबाट चाँडो पास गर्न कांग्रेसको सुझाव


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) वारे विशेष चासोको साथ छलफल भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदबाट चाँडो एमसीसी पास गराउन सरकारलाई आग्रह गरेको छ ।

आज भएको बैठकमा कांग्रेसले एमसीसी नरोक्न आग्रह गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको एमसीसी पारित हुनुपर्ने धारणा आफूहरुले राखेको बताए ।

पौडेलले भने, ‘हामीले आफ्नो कुरा प्रष्टसँग राखेका छौं । एमसीसी शेरवहादुरजीको पालामा भएको हो । त्यसमा आपत्तिजनक कुरा छन् भने छलफल गरौं । होइन भने संसदबाट पास हुनुपर्छ भन्ने हाम्रो कुरा हो ।’

बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजको सर्वदलीय बैठकमा एमसीसी पास गरेर अघि बढ्न दलहरुबीच घनिभूत छलफल भएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी लगायत महत्वपूर्ण विधेयकहरु सभामुखका कारण संसदमा पेश हुन नसकेको भन्दै उपस्थित दलहरुको सुझाव मागेका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी विधेयक पास गरेर अघि बढ्नुपर्ने बताएका थिए । अन्य दलका नेतहरुले पनि एमसीसी लगायतका विधेयक संसदमा रोकिनु दुःखद भएको बताएका थिए ।

संसदमा अड्किएका विधेयककारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर अघि बढ्नुपर्ने आफूहरुले सुझाव दिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । बैठकमा सहभागी राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले बैठकमा प्रधानमन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको आरोप लगाएको बताए ।

यसरी प्रधानमन्त्री ओलीले सभामुख सापकोटासँग आक्रोशित हुँदै सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेको आरोप लगाएका छन् । ‘मैले एमसिसी पेश गर्न खोज्दा दिनुभएन भन्दै सभामुखप्रति उहाँले निकै आक्रोश पोख्नुभयो,’ बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने।

‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो’, डा. लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो । ’

लोहनीले भने- प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे, संसदले काम गर्न दिएन र सभामुख अराजक र अनैतिक काम गरिरहेका छन् भन्नुभयो । हामीले मिलाएर लैजानुस भनेका छौं ।’

यो पनि पढ्नुहोस्

सर्वदलीय बैठकमा सभामुखप्रति प्रधानमन्त्री आक्रोशित : एमसिसी अगाडि बढाउन नदिएको लगाए आरोप

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, ‘सभामुखले अराजक र अनैतिक ढंगले असहयोग गरे’

सर्वदलीय बैठकमा सभामुखमाथि खनिए प्रधानमन्त्री : संसदलाई बन्धक बनाएको लगाए आरोप

बालुवाटारमा सर्वदलीय बैठक : देउवा-ठाकुर गए, प्रचण्ड-नेपाल र बाबुराम-उपेन्द्र गएनन्

ओलीले बोलाएको बैठक बहिस्कार गरी प्रचण्डले नेपालसँग कोटेश्वरमा के गरे छलफल ?

ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड र माधव नेपाल सहभागी नहुने

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !