१२ बैशाख २०८१, बुधबार

२०७७ साल नेपालीको लागि सफलताको वर्ष सिद्ध भएको छ : प्रधानमन्त्री ओली


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिएको कोरोना महामारीका वावजूद विगत वर्ष २०७७ साल सरकारले ऐतिहासिक काम गरेकोले नेपाली जनताको लागि सार्थक नै भएको बताएका छन् । उनले विगत २०७७ साल सफलताको वर्ष सिद्ध भएको बताएका हुन् ।

नयाँ वर्ष २०७८ सालको पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको बताएका हुन् । कोभिड-१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका हुन् ।

केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको समेत दावी गरे । त्यस्तै उनले आजको देशको आवश्यकता भनेको आपसी सहमतिवाट राष्ट्रिय एकताको पक्षमा उभिन सवै राजनीतिक दललाई आग्रह समेत गरे ।

काठमाडौँबासीको दशकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरेका छन् ।

ओलीले यहि बैशाख महिनावाट रेल सेवा शुरु गरिने बताएका छन् । उनले दैनिक साढे ५ किलोमिटर सडक निर्माण गरिएको र दैनिक कम्तिमा १२ वटाको दरले आवास बनेको बताएका छन् ।

उनले किसानले घरवाट नै बसेर एप्सवाट आफ्नो जग्गाको धनीपूर्जा हेर्न मिल्ने ‘मेरो कित्ता कार्यक्रम’ आजै शुभारम्भ गरिने बताएका छन् । उनले अवको १० दिनपछि यहि वैशाख ११ गते धरहरा उद्घाटन गरिने समेत उद्घोष समेत गरे ।

उनले सामाजिक सुरक्षा भत्ता मासिक १ सयबाट सुरु गरेको स्मरण गर्दै सो भत्ता दिनको १ सयका दरले मासिक ३००० पुगेको बताए । उनले आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताउदै करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि बताए ।

उनले नेपाल अव एकपछि अर्को यूगमा प्रवेश गरेको बताएका छन् । उनले नेपाल सुरुङ यूगमा प्रवेश गरेको भन्दै काठमाडौँ उपत्यकावासीलाई सुरुङ कस्तो हुन्छ भन्ने जिज्ञाशा भए नैबिसे गएर हेर्न समेत आग्रह गरे ।

प्रधानमन्त्री ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख सापकोटाप्रति असन्तुष्टि जनाएका हुन् । उनले नाम नलिइकन अप्रत्यक्ष रुपमा सभामुखलाई इङ्गित गर्दै सभामुखले सरकारको कुरा नमानेर संविधानको अवज्ञा गरेको आरोप लगाएका हुन् । उनले संविधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति आफूहरुले झेलिरहेको समेत प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले फरक प्रसंगमा कुरा गर्दै सरकार सकेसम्म लकडाउन जान नचाहेको बताएका छन् । आजै लकडाउन, भरे नै लकडाउन हुन्छ भनेर गलत हल्ला चलाइएको उनले दावी गरे । उनले कोभिड-१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै नागरिकको जीवनरक्षा पहिलो भएको हुनाले जनताको जीवन बचाउनेतर्फ पहिलो ध्यान दिने बताए ।

यो पनि पढ्नुहोस्

‘मेरो कित्ता कार्यक्रम’ आजैवाट शुभारम्भ गरिदै

यहि बैशाख महिनावाट रेल सेवा शुरु हुन्छ : प्रधानमन्त्री ओली

दैनिक साढे ५ किलोमिटर सडक निर्माण गरिएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री सभामुखप्रति रिसले आगो, एमसीसी संसदमा पेश नगरेकोमा पोखे असन्तुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !