१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री सभामुखप्रति रिसले आगो, एमसीसी संसदमा पेश नगरेकोमा पोखे असन्तुष्टि


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटाप्रति रिसले आगो भएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्दै उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख सापकोटाप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले नाम नलिइकन अप्रत्यक्ष रुपमा सभामुखलाई इङ्गित गर्दै सभामुखले सरकारको कुरा नमानेर संविधानको अवज्ञा गरेको आरोप लगाएका हुन् । उनले संविधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति आफूहरुले झेलीरहेको समेत प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेश गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !