४ जेष्ठ २०८१, शुक्रबार

योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई किन कसम खान लगाए ?


योगेश भट्टराई

काठमाडौं । एमालेका नेता योगेश भट्टराईले पार्टी भित्रको आलोचना र आत्मालोचनाबारे केहि आफ्नो धारण व्यक्त गरेका छन्। भट्टराईले पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौं, त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रिय कमिटीको बैठक आयोजना गरौं भन्दै आग्रह गरेका छन् ।

भट्टराईले बैठकमा खुला खुलस्त छलफल गरौं, षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौं, आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौं भन्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले एक स्टाटस लेख्दै पार्टीलाई बिधिसम्मत रुपमा संचालन गर्ने सबै तयार हुन र महाधिबेशन र सबै तहका अधिबेशन आयोजना गर्न, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गर्न र परिणाम सबैले स्वीकार गर्न आग्रह गरेका छन् ।

उनले आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाउँ, जमिनमा टेकौ र जनता तर्फ फर्कौ र यसैमा छ सबैको भलो हुने बताएका छन् ।

उनले लेखेका छन् “आलोचना र आत्मालोचना बारे – पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौ । त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रिय कमिटीको बैठक आयोजना गरौ । बैठकमा खुला खुलस्त छलफल गरौ । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौ । आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौ । पार्टीलाई बिधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔ । महाधिबेशन र सबै तहका अधिबेशन आयोजना गरौ, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गरौ र परिणाम सबैले स्वीकार गरौ । आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाउं । जमिनमा टेकौ र जनता तर्फ फर्कौ । यसैमा छ सबैको भलो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !