१४ बैशाख २०८१, शुक्रबार

माधव नेपाललाई प्रधानमन्त्री ओलीले दिए यतिठुलो ‘धम्की’


ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकलम दाहाल प्रचण्डले जास्लाई पनि प्रधानमन्त्री बन्न आग्रह गर्दा हिडेको आरोप लगाएका छन्। आफूलाई साधारण सदस्यवाट समेत हटाएर आफूलाई सिध्याउन खोजेको भन्दै प्रचण्डले गर्दा १७ हजार मानिस मर्न बाध्य भएको बताए।

नेकपा एमाले ओली समूह आवद्ध उत्पीडित जातिय मुक्ति समाजको कार्यक्रममा बोल्दै उनले प्रचण्ड महन्थ ठाकुर, शेरबहादुर देउवा लगायत नेताहरुलाई प्रधानमन्त्री बन्न धोका ढकढकाई हिडेको आरोप लगाए।

ओलीले प्रचण्डको योजना कम्युनिष्ट आन्दोलन अन्त्य गर्ने रहेको बताए। प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता लिए हुन्छ भन्दै उनले भने, “तिम्रो समर्थन चाहिदैन। लैजाऊ, म संग बहुमत छ। किन माग्छौं राजीनामा ?”

ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन माधवकुमार नेपाललाई आग्रहसमेत गरे । तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले चेतावनी दिए । अ‍ोलीले गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने बताए । आफूलाई जति भनेपनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !