८ जेष्ठ २०८१, मंगलबार

अधिनायकवादी पात्रको ज्यादतीबाट देश उन्मुक्त : नवराज सिलवाल


Nabaraj-silwal-Dig

काठमाडौं । नवराज सिलवालले एमाले अध्यक्ष केपी ओली शर्मा प्रधानमन्त्री बनेलगत्तै कडा प्रतिक्रिया दिएको छ । सिलवालले बिहीबार ट्वीट गर्दै कांग्रेस सभापति निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन्।

ट्वीट अकाउन्टमा सिलवाले देउवातर्फ संकेत गर्दै भनेका छन्,‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुुलुकले आज उन्मुक्ति पाएको छ ।’

सिलवालमाथि यसअघि सर्वोच्च अदालतले आइजीपी प्रकरण विवादमा दोषी ठहर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !